काठमाण्डौ ।   माछापुच्छ्रे बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा २४ करोड ६९ लाख रुपैयाँमा सीमित थियो ।

बैंकको खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष ५३ करोड ५२ लाखमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ६१ करोड २१ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष ४८ करोड ८१ लखमा सीमित ब्याज खर्च बढेर १ अर्ब १० करोड पुुगेको छ । ३ करोड ३६ लाख राइट ब्याक गरेको बैंकले यो अवधिमा ६० अर्ब ३० करोड निक्षेप संकलन गरी ५४ अर्ब ४२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ अर्ब १३ करोड निक्षेप संकलन गरी ४९ अर्ब ८७ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ९२ करोडमा सीमित रिजर्ब कोष बढेर १ अर्ब २२ करोड पुुगेको छ । 

अघिल्लो त्रैमासमा ४ अर्ब ६६ करोडमा सीमित चुक्तापूँजी ८ अर्ब ३ करोड पुुगे पनि बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गरी उल्लेख्य नाफा आर्जन गर्न नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा इपीएस २१.१७ रुपैयाँ रहेकोमा घटेर १४.३५ रुपैयाँमा सीमित बन्न पुुगेको छ । 

अघिल्लो वर्ष ०.५४ प्रतिशत रहेको निस्क्रिय कर्जालाई घटाएर ०.४५ प्रतिशतमा झरेको छ भने १७.६८ प्रतिशतमा रहेको इक्वीटीमा प्रतिफल घटेर १२.१३ प्रतिशतमा सीमित बन्न पुुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११५.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.९३ गुणा कायम भएको छ ।