काठमाण्डौ । उडेको ३ मिनेटमै एउटा इन्जिन बन्द भए पनि पाइलटले सीता एयरको विमान सोलुखुम्बुको लुक्लाबाट बुधबार बिहान काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराएका छन् ।

डबल इन्जिनको सीता एयरको ९–एन–एजेएच विमान लुक्साबाट बिहान ८ः२१ मा उडेको थियो उडेको ३ मिनेटमै विमानको एउटा इन्जिनमा समस्या देखिएको थियो । तर पाइलटको सावधानीले विमान बिहान ८ः५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकशुल अवतरण भएको लुक्सा विमानस्थलका अधिकारीहरुले बताएका छन्।

विमानमा चालक दलका तीन सदस्यमात्र थिए । विमान क्याप्टेन प्रदीप अधिकारी र भरत थापाले उडाएका थिए ।