काठमाण्डौ । ‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा १ नं. प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघका रुपमा मोरङ व्यापार संघलाई सम्मानित गरिएको छ। 

उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवर्द्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पुर्याएबापत मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरङ व्यापार संघ’लाई सम्मानित गरिएको हो। 

शनिबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र विशिष्ठ व्यक्तित्वरुले सम्मानस्वरुप संघका अध्यक्ष प्रकाश मुन्दडालाई सम्मानपत्र प्रदान गरेका थिए।