काठमाण्डौ । उत्तर कोरियामा शुक्रबारदेखि ११ दिनसम्म हाँस्न र खुसियाली मनाउन प्रतिबन्ध लगाइएको छ। 

उत्तर कोरियाले आफ्ना पूर्वनेता किम जोङ इलको पुण्यतिथिका अवसरमा ११ दिनसम्म शोक मनाउने निर्णय गरेको छ। यो शोकको घडीमा उत्तर कोरियामा हाँस्न, खुसी मनाउन, किनमेल गर्न तथा मदिरा पिउन पूर्ण रुपमा रोक लगाइएको हो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शोकको यो अवधिमा कसैलाई आफ्नो जन्मदिन नमनाउन र अन्य कुनै व्यक्तिको मृत्यु भएमा मृतकका आफन्तले चर्को स्वरमा नरुन निर्देशन दिइएको छ। सरकारी आदेश उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था गरिएको र आदेश पालना गराउनका लागि ठूलो संख्यामा सुरक्षाकर्मीलाई निगरानीका लागि खटाइएको बताइन्छ।

हाल उत्तर कोरियामा किम जोङ इलका छोरा किम जोङ शासन गरिरहेका छन्। – एजेन्सी