काठमाण्डौ । टुबोर्ग ओपन सेसन्स् सिजन २ माउदय सोताङको ‘घाम लागेन’ सार्वजनिक भएको छ । च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

सबैको मन छुने गीत‘घाम लागेन’ले जिन्दगीको दुःखको बारेमा बताउँछ । गीतले जिन्दगीको अध्याँरो पक्षको वर्णन गर्दछ । २०१९ मा रिलिजभएको उक्तगीत‘मन भोल. २’ बाट रहेको छ । टुबोर्ग ओपन सेसन्स्मा मनोज कुमार केसीले गीतको संगीत रिएरेन्ज गरेका छन् । उदय सोताङ नेपाली संगीतबजारमा निकै प्रचलित नाम हो । उनले करिब २०० भन्दा बढी गीतहरु लेख्नुका साथै कम्पोज गरेका छन् । उनकी पत्नी मनिला सोताङसँग मिली सोताङ जोडीले हालसम्म १० वटा भन्दा बढी एल्बमहरु निकालेका छन् । उनीहरुले धेरै हिट नेपाली गीतहरु दिएका छन् ।

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्नेछन् । सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । नेपाली संगीतउद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपालीदर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतिको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए ,जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।