काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ उदयपुर जिल्लाको बेलका नगरपालिका–९ रामपुर बजारमा नयाँ शाखाको आज औपचारिक उद्घाटन गरेको छ।
रामपुर शाखाको उद्घाटन प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरे। आर्थिक र व्यापारिक दृष्टिकोणले तीव्र विस्तार हुँदै गएको रामपुर बजारमा ग्राहकलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकताबमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गरिने बैंकले जनाएको छ।
रामपुर शाखा बैंकको ४५ औँ शाखा हो। ग्राहककै रोजाइका माध्यम अर्थात एबीबीएस, सी–आस्बा, आईपीएस, कनेक्ट आईपीएस, अनलाइन क्लियरिङ, क्यूआर कोर्ड तथा स्मार्ट मोबाइल बैंकिङ, भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधासहितको भिसा डेबिट कार्ड, रेमिट्यन्स सेवालगायतका अधिकांश बैंकिङ सेवाहरु उक्त नवस्थापित शाखा कार्यालय रामपुरबाट प्रदान गरिने बैंकले जनाएको छ।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago