काठमाण्डौ । उन्नति माइक्रोफाइनान्सले बोनस र हकप्रद वितरणको अजेण्डासहित आगामी माघ २६ गते चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले रुपन्देहीको भैरहवास्थित होटल पौवामा आह्वान गरेको सभामा गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट ४०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

यस्तै, गत असार मसान्तसम्म कायम ५ करोड ५० लाख चक्तापूँजीको २० प्रतिशत(५ बराबर १ को अनुपातमा)को दरले हकप्रद सेयर निश्कासनको प्रस्ताव समेत साधारणसभामा पेश हुनेछ । 

संस्थाले साधारणसभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गर्नेछ । यसको अर्थ माघ १५ गतेभित्र कायम सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् । यस्तै, यो कम्पनीको हकप्रदका लागि समेत माघ १५ गतेभित्र नै सेयर किनिसक्नुपर्नेछ ।

साधारणसभाले सर्वसाधारण समूहबाट दुई र संस्थापक सेयरधनीहरुको तर्फबाट २ जना संचालकको निर्वाचन समेत गर्नेछ ।

संस्थाले गत वर्षको पुसमा एक लाख ६५ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। 

साधारणसभाबाट यो माइक्रोफाइनान्सलाई राष्टियस्तरमा स्तरोन्नति गर्ने निर्णय समेत हुनेछ ।