काठमाण्डौ । काकाकुल उपत्यका आजदेखि लकडाउनको अवस्थामा छ । ग्याँसको जोहो गरिसकेका आम मानिसहरुलाई यतिबेला पानी पो नपाइएला कि भन्ने चिन्ताले सताएको छ । 

कोरोना भाइरसकै सन्त्रासले लकडाउन भएपछि मुलुक नै सुनसान बनिरहेको छ, तर अरु बेला पनि पानीको आपूर्तिमा सकस भोगिरहेका उपत्यकाबासीका लागि लकडाउनमा अवधिभा भने पानीको कुनै अभाव नहुने भएको छ । 

नेपाल सरकारको स्वामित्वमा रहेको खानेपानी संस्थानले हालसम्म पनि पानीको आपूूर्ति गर्न नसकिरहेका बेला निजी क्षेत्रबाट सञ्चालित पानी उद्योगहरुले सदा झैं नियमित रुपमा सहज ढंगले पानीको आपूर्ति हुने दाबी गरेका छन् । 

नेपाल बोतल वाटर उत्पादन संघका अध्यक्ष सुवास भण्डारीले उपत्यकामा रहेका २२५ पानी उद्योगहरुले हाल २० लिटरका जार, १ लिटरका बोतल र १५ सयदेखि ३००० लिटरसम्म क्षमताका ट्यांकरबाट पानी आपूर्तिको व्यवस्था मिलाएका बताए । 

बिजशालासँग कुरा गर्दै उनले आम उपभोक्ताहरुलाई पानीको अभाव खेप्न नदिने गरी संघ मातहतका पानी उद्योगहरुलाई निर्देशन दिइएकोले आश्वस्त हुन आग्रह गरे । 

बहुप्रतिक्षित मेलम्ची आयोजनाको पानी हालसम्म पनि उपत्यकाबासीले उपभोग गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित पानीजन्य उद्योगहरुबाट भइरहेको बिक्रीवितरणले मात्रै अवस्था सहज हुने अपेक्षा गरिएको छ । 

टाफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकाबाट ३० प्रतिशत मानिस बाहिरिएका छन्। त्यही कारण पानी वितरण गर्न सहज हुने अपेक्षा गरिएको छ । 

संघले कुनै क्षेत्रमा खानेपानी अभाव भए वा नपाई आफ्ना प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत भनेको छ । जसअनुसार चाल्नाखेल क्षेत्रमा सुदीप बस्नेतलाई ९८५१२४६५५१, ललितपुर क्षेत्रमा राम बराल ९८४१८८९८६५, जोरपाटी क्षेत्रमा श्रीकुमार श्रेष्ठ ९८५१०२९१५९, गो‌ंगबुमा ध्रुव गौतम ९८५१०२९६४९, बुढानिलकण्ठमा धर्म ९८५११५२४२२ र भक्तपुरमा राम सुवाल ९८५१००८६३४ लाई फोन गरेर पानी मगाउन सकिन्छ ।