काठमाण्डौ । निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याएका छन्।
उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएर जोरबिजोरका आधारमा निजी सवारीसाधन चल्न दिएसँगै यी दुवै राइड सेयरिङ कम्पनीहरुले आफ्नो सेवा सञ्चालनमा ल्याएका हुन्। पठाओमा आबद्ध मोटरसाइकल र ट्याक्सीले आफ्नो सेवा सुरु गरेका छन्। जोरबिजोरअनुसार नै तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सेवा सञ्चालनमा ल्याइएको पठाओले जनाएको छ।
पठाओका राइडरहरुलाई पीपीईका साथै सेनिटाइजर, मास्क र ग्लोब्स अनिवार्य गरिएको छ। यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भनिएको छ। यात्रु चढ्नुअघि सिटलाई स्यानिटाइज अनिवार्य रुपमा गर्नुपर्ने भनिएको टुटलले जनाएको छ।
कोरोना रोकथामका लागि सरकारको निर्देशनमा उपत्यकाका तीन जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुले गत भदौ ३ गतेदेखि लागू गरेको निषेधाज्ञा आज (भदौ २५ गते) बाट केही खुकुलो पारिएको छ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago