काठमाण्डौ । उपत्यकामा साउन १ गतेदेखि लागू हुने गरी थप १० दिनका लागि निषेधाज्ञा बढाइएको छ। 

आज बसेको उपत्यकाका तीनै जिल्ला काठमाण्डौ, लतिलपुर र भक्तपुरका सीडीओहरुको बैठकले उपत्यकामा थप १० दिन निषेधाज्ञा बढाउने निर्णय गरेको हो। थप गरिएको निषेधाज्ञाको अवधिमा उपत्यका बाहिरबाट आएका सार्वजनिक तथा निजी सवारीसाधलाई प्रवेशमा खुकुलो पार्ने निर्णय भएको छ।

अत्यावश्यक कामविशेषले उपत्यका प्रवेश गर्ने सर्वाजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने बैठकले निर्णय गरेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए। ‘अत्यावश्यक कामविशेषले प्रवेश गर्ने सवारीसाधनले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सिफारिस लिनुपर्छ’, उनले भने। 

सवारीसाधन सञ्चालन गर्दा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सीडीओ भट्टराईले जानकारी दिए।

यस्ता छन् निर्णयहरु –