काठमाण्डौ । लिटिल एन्जल्स स्कुलका सञ्चालक एवं नेपाली कांग्रेसका समानुपाति सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति गरेका छन्। कोरोना महामारी नियन्त्रण र रोकथामका प्रयास फितलो भइरहेको बेला पनि सरकारले स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवामाथि चौतर्फी दबाब परेको थियो। 

प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी राज्यमन्त्रीमा श्रेष्ठलाई देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।