काठमाण्डौ । सिप्रदी अटोपार्टस प्रालि र टाटा मोटर्स लिमिटडको आयोजनामा नेपालभरि छरिएर रहेका १ हजार २०० भन्दा बढी मेकानिकको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ। 

उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाण्डौका डेम लामाले तृतीय स्थान हासिल गरेका छन्। प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो। पहिलो चरणमा २०० र दोस्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो। 

टाटा मोटर्स्का सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसंभार सहज रुपमा प्राप्त होस् भन्ने उदेश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका विभिन्न कार्यहरु अगाडि बढाइएको छ। जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको छ र तिनै टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धी गराउँदै पनि आएको छ। 

बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परिक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका लागि टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमकोे नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउँछन्। यसका साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीनजनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने उनी बताउछन्।  

३०० भन्दा बढी मेकानिक्सको सहभागिता रहेको कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन्। चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठलेसबै टाटा गुरुहरुको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने बताए। 

कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीजका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले गरेका थिए। 

टाटा मोटर्सका तर्फबाट इन्टरनेसनल बिजनेस हेड निलकुमार मिश्रले सम्पूर्ण गुरुहरुलाई धन्यवाद दिँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे। 

कार्यक्रममा सहभागी मेकानिक्सहरुले टाटा मोटर्सले आफूहरुलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुसी व्यक्त गरेका छिन्।