काठमाण्डौ । एआईको प्रयोग बढेको छ। निरन्तर अपग्रेड पनि भइरहेको छ। 

अब नयाँ डायलग बेस्ड एआई च्याटबोटको प्रोटोटाइप देखाइएको छ। च्याटजीपीटी प्रोटोटाइप एउटा यस्तो एआई च्याटबोट हो, जसले नेचुरल ह्युमन ल्यांग्वेज बुझ्न सक्छ र मानिसले जस्तै लेख्न सक्छ। टेक्स्ट जेनरेटिङ एनआईमा जीपीटी अर्थात जनरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मरमा लेटेस्ट इभोल्युसन हो। 

नयाँ च्याटबोटमा नयाँ एआई ओपनएआई फाउन्डेसनले तयार पारेको हो। यो एलन मस्कको इन्डिपेन्डेन्ट रिसर्च बडी हो। मस्कले अन्य लगानीकर्तासँग मिलेर सन् २०१५ मा यो स्टार्टअप सुरु गरेका थिए । यसको उद्देश्य उन्नत डिजिटल इन्टेलिजेन्सलाई स्तरोन्नति गरी मानवतालाई फाइदा पुर्याउनु रहेको छ। ओपनएआई प्लेटफर्ममा डाटाबेसको ट्रेनिङका लागि पहुँच पुर्याइरहेको छ। 

एआईबाट ट्रेनिङ र मेसिन लर्निङमार्फत यो जानकारी उपलब्ध गराउने गरी डिजाइन गरिएको छ। यसले कुराकानी इन्टरफेसका क्रममा प्रश्नहरुको जवाफ पनि दिन्छ। यो एआईलाई इन्टरनेटबाट लिइएका स्याम्पल टेक्स्टका साथ तालिम दिइएको छ।

अर्ली युजरहरुले यसलाई गुगलको विकल्पका रुपमा रहेको बताएका छन्। यो जटिल प्रश्नहरुको जबाफ दिन सक्षम छ। यसबाहेक यसले कोड लेख्न र लेआउट समस्याहरु समाधान गर्न सक्छ। उपयोगिताका बारेमा कुरा गर्ने हो भने यसले वेबसाइटका लागि सामग्री उत्पन्न गर्न सक्छ। यसबाहेक यसले ग्राहकको जिज्ञासाको जबाफ दिन सक्छ। साथै, अटोमेटिक च्याटबटहरु पनि बनाउन सक्छ।

ओपनएआईका सीईओ साम अल्टम्यान यसले के गर्न सक्छ भन्ने प्रारम्भिक डेमोमात्र रहेको बताउँछन्। ‘आउँदा दिनमा यसबाट पनि सल्लाह लिन सकिन्छ’, उनी भन्छन्, ‘पछि तपाइँको लागि काम गर्न सक्छ। यसको सम्भाव्यताका बारेमा अझै धेरै सम्भावना छन्, जसको खोजी भइरहेको छ।’

यसले सामग्री उत्पादनमा निर्भर हुने क्षेत्रलाई प्रतिस्थापन गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अर्थात् यसले प्रोग्रामरदेखि प्रोफेसर र पत्रकारसम्मको काम सम्हाल्न सक्छ। तर, यो अझै पनि प्रारम्भिक चरणमा छ। यस च्याटबोटमा भिन्नता, आलोचनात्मक सोच कौशल र नैतिक निर्णय गर्ने क्षमताको कमी छ। –एजेन्सी