काठमाण्डौ । च्याटजीपीटी गत वर्ष नोभेम्बरमा प्रस्तुत गरिएको थियो। त्यसबेलादेखि नै यो व्यापक चर्चामा छ। 

लन्च भएदेखि नै एआई च्याटबोटको लोकप्रियता लगातार बढिरहेको छ। तर, एउटा कम्पनीले यो च्याटबट आउनुअघि नै एउटा बोटलाई आफ्नो सीईओ बनायो। एक चिनियाँ भिडियो गेम कम्पनीले गत वर्ष यस्तो कदम चालेको थियो।

चिनियाँ गेमिङ कम्पनी नेटड्रागन वेबसफ्टले यो निर्णय गरेको हो। कम्पनीले अगस्टमा घोषणा गर्यो कि एआई सञ्चालित भर्चुअल ह्युमनोइड रोबोट उनीहरुको सहायक कम्पनीको सीईओ हो। रोबोटको नाम फुजियान नेटड्रागन वेबसफ्टका सीईओ ताङ यु हो।

यो निर्णयपछि कम्पनीको सेयरभाउमा बढोत्तरी हुन थाल्यो। रिपोर्टमा विश्वास गर्ने हो भने नेटड्रागनको सेयरभाउले ह्याङ सेङ इन्डेक्समा उकालो लागेको छ । यो उछाल एकै दिनको हो भन्ने होइन । विगत ६ महिनामा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतभन्दा बढीले बढेको छ।

योसँगै नेटड्रागनको मूल्य १.१ अर्ब डलर पुगेको छ । अगस्टमा निर्णय गर्दा कम्पनीले बोटले निर्णय लिने र जोखिम व्यवस्थापनको दक्षता बढाउने बताएको थियो। यतिमात्र होइन बोटले सबै कर्मचारीलाई राम्रो र प्रभावकारी कार्यस्थल पनि उपलब्ध गराउनेछ।

नेटड्रागनका अध्यक्ष डेजियान लिउले एक प्रेस विज्ञप्तिमा भनेका छन्, ‘हामी विश्वास गर्छौं कि एआई कर्पोरेट व्यवस्थापनको भविष्य हो। ताङ युलाई हाम्रो सीईओमा नियुक्त गर्नुले हाम्रो प्रतिबद्धता र काम गर्ने तरिका देखाउँछ।’

नेटड्रागन सन् १९९९ मा सुरु भएको थियो । कम्पनीले धेरै मल्टी–प्लेयर गेमहरु बनाएको छ। यसमा इयुडेमोनस अनलाइन, हिरोज इभोल्भड र कन्क्योर अनलाइन समावेश छ।

यससँगै कम्पनीले चीनको पहिलो अनलाइन गेमिङ पोर्टल १७१७३ डट कम पनि बनाएको छ । नेटड्रागन यसको सीईओको रुपमा बोट नियुक्त गर्ने पहिलो कम्पनी हुन सक्छ। 

सन् २०१७ मा अलिबाबाका संस्थापक ज्याक माले भविष्यवाणी गरेका थिए कि आगामी ३० वर्षमा रोबोटहरु टाइम पत्रिकाको कभरमा उत्कृष्ट सीईओका रुपमा आउनेछन्। एआई बटहरु पछिल्लो समय धेरै लोकप्रिय भएका छन्। 

च्याटजीपीटीले आफ्नो नयाँ संस्करण जीपीटी–४ पनि लन्च गरेको छ। –एजेन्सी