काठमाण्डौ । बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलर (२२ करोड ६२ लाख रुपैयाँबराबर) बिक्री भएको छ।
दुई वर्षको यो पोथी परेवाको नाम न्यु किम हो। पहिला यो परेवालाई २३७ डलर (२८ हजार २०० रुपैयाँबराबर) मा लिलामीमा राखिएको थियो। तर चीनका एक व्यक्तिले यसलाई १९ लाख डलरमा किनेको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार यति ठूलो धनराशिमा आफूले पालेको परेवा बिक्री भए पनि कुर्त वाउवर र उनको परिवारमा खुसियाली छाएको छ।
यसअघि पनि एउटा चार वर्षको नर नामक परेवा १४ लाख डलरमा बिक्री भएको थियो।
अरमान्डो नामक रेसिङ च्याम्पियन परेवालाई परेवाको लुइस ह्यामिल्टन पनि भनिन्थ्यो। यो रिटायर्ड भएपछि सन् २०१९ मा त्यसलाई बेचिएको थियो।
त्यसपछि न्यु किमले सन् २०१८ मा थुप्रै प्रतिस्पर्धाहरु जित्यो। त्यसमा नेसनल मिडल डिस्टेन्स रेस पनि समावेश छ। त्यसपछि न्यु किम पनि रिटायर्ड भयो।
पछिल्लो समय चीनमा परेवाहरुको रेस निकै लोकप्रिय हुन थालेको छ। अरमान्डोजस्तै न्यु किमलाई किन्न दुई चिनियाँ खरिददारले एक–अर्कालाई उछिन्दै लिलामीमा बोली लगाएका थिए।
रेसिङ परेवा १० वर्षसम्म बच्चा कोरल्छन्। त्यसैले न्यु किमलाई पनि नयाँ मालिकले प्रजननका लागि प्रयोग गर्ने अनुमान लगाइएको छ। तर लिलामीमा सहभागीहरु रेसिङ परेवाहरु प्रजननकै लागि प्रयोग गरिएमा लिलामी अझै असाधारण हुन सक्ने दाबी गर्छन्।
लिलामी संस्था पिपाका सीईओ निकोलोस एउटा परेवा यति ठूलो धनराशिमा बिक्नु अविश्वसनीय रहेको बताउँछन्। ‘प्रायः भाले परेवाको मूल्य बढी पथ्र्यो तर पोथी परेवा यति ठूलो धनराशिमा बिक्नु निकै आश्चर्यजनक हो’, उनले भने।
निकोलासका अनुसार बेल्जियममा लगभग २० हजार परेवा पालक छन्। – बीबीसीबाट भावानुवादित
9 minutes ago
32 minutes ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago