काठमाण्डौ । सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख ५२ हजार खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ६ लाख ९५ हजारमा सीमित थियो । 

अघिल्लो वर्षको यही अवधिमा ६ लाख १४ हजार संचालन घाटामा रहेको यो बैंकको समीक्षा अवधिमा यस्तो घाटालाई घटाएर ८ हजारमा सीमित गरेको छ । 

व्यवसाय गरेर खासै नाफा कमाउन नसकेको यो बैंकले ४४ लाख ९० हजार बढी रकम राइट ब्याक गर्दा समेत संचालन घाटाका कारण खासै राम्रो नाफा निकाल्न सकेन । 

बैंकले यो अवधिमा १ करोड ७१ लख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड ३२ लाख थियो । 

समीक्षा अवधिमा यो बैंकले १ अर्ब १२ करोड निक्षेप संकलन गरी ९२ करोड ३५ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७४ करोड ४२ लाख निक्षेप संकलन गरी ६४ करोड ८६ लाख कर्जा परिचालन गरेको थियो । 

बैंकले जगेडाकोषलाई केही मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ६३ लाख २५ रहेको कोषमा समीक्षा अवधिसम्म १ करोड ३४ लाख जम्मा भएको छ । 

यो अवधिमा कम्पनीले खराब कर्जालाई १.९५ प्रतिशतबाट घटाएर १.२१ प्रतिशतमा झारेको छ । 

झिनो नाफा र संचालन घाटाका कारण समीक्षा अवधिमा यो बैंकको प्रतिसेयर आम्दानी ७४ पैसा, प्रतिसेयर नेटवर्थ १०३.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१२.६९ गुुणा कायम भएको छ ।