काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्सको खूद नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीले ३ करोड ९ लाख नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ८९ लाख थियो । 

यो कम्पनीले बिमा शुल्कबाट २१ करोड ५० लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी २१ करोड ३२ लाख थियो । 

समीक्षा अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट २ करोड ९० लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड ५७ लाख थियो । 

कम्पनीको लगानी कर्जा तथा अन्यबाट १ करोड ३९ लाख आम्दानी भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८१ लखमा सीमित थियो । 

यो अवधिमा लुम्बिनी जनरल इन्स्योरेन्सले ९ करोड ९६ लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दाबी भुक्तानी ६ करोडमा सीमित थियो । 

कम्पनीको व्यवस्थापन खर्चमा सामान्य वृद्धि भएको देखिन्छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २ करोड २० लाख रहेको यस्तो खर्च बढेर २ करोड ६८ लाखको उचाईमा पुुगेको छ । 

कम्पनीको जारी बिमालेखको संख्या भने घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ३७ हजार ११ यस्तो संख्या रहेकोमा समीक्षा अवधिसम्म घटेर ३२ हजार १ सय ३० मा सीमित बन्न पुुगेको हो । 

कम्पनीले बिमा कोषमा छलाङ मारेको छ भने जगेडाकोषमा पनि सामान्य सुधार गरेको छ । २५ करोड ७१ लाखमा सीमित बिमा कोष बढेर ३४ करोड १५ लाखको उचाईमा पुुगेको छ भने ११ करोड ५२ लाखमा सीमित जगेडाकोष बढेर १२ करोड ५३ लाख पुुगेको छ । यस्तै, १ करोड ८७ लाखमा सीमित महाविपत्ति जगेडा बढेर २ करोड ९३ लाख पुुगेको छ । 

समीक्षा अवधिमा यो बिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५.५५ गुुणा कायम भएको छ ।