काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर ५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा २६४ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाबाट पछिल्लो २४ घन्टामा थप १ जनाको मृत्यु भएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ।