काठमाण्डौ । पछिल्लो समय देशमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्याले आज सार्वजनिक गरेको तथ्यांकअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या साढे ५ हजार बढी रहेका छन्। 

पछिल्लो २४ घन्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा ५ हजार ३५१ जनाको नमुना परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा ४७० जना कोरोना संक्रमणमुक्त भएका छन् भने एकजनाको मृत्यु भएको छ।