काठमाण्डौ । लक्ष्मी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । 

यी थप शाखाहरुका साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स, ५१ शाखारहित बैंकिङ्ग तथा ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।