काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज बुधबार एकैपटक तीन जलविद्युत कम्पनीको सेयर कारोबारमा आउने भएको छ। 

आज अपर सोलु हाइड्रोइलेक्ट्रिक, श्वेत–गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर कारोबारमा आउने भएको छ। यी तीनै कम्पनीका आईपीओ हिजो मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेको सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ। 

नेप्सेले अपर सोलुलाई यूएसएचईसी कारोबार संकेत र पहिलो कारोबारका लागि १०८.२१ रुपैयाँदेखि ३२४.६३ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज तोकेको छ। 

त्यस्तै श्वेत–गंगालाई नेप्सेले एसजीएचसी कारोबार संकेत र पहिलो कारोबारका लागि ८९.८८ रुपैयाँदेखि २६९.६४ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज तोकेको छ। 

यसैगरी मन्दाकिनी हाइड्रोपावरले एमएचएल कारोबार संकेत पाएको छ भने पहिलो कारोबारका लागि १०२ रुपैयाँदेखि ३०६ रुपैयाँसम्मको अधिकतम ओपनिङ रेन्ज पाएको छ। 

यदि यी तीनै कम्पनीको सेयर प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।