काठमाण्डौ । विश्वबजारमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सिको मूल्यले पुनः उकालो यात्रा तय गर्दै छ ।
सन् २०२२ को नोभेम्बरमा प्रतिगोटा १६ हजार ५८४ डलरमा कारोबार भएको विट्क्वाइन हाल विश्वबजारमा ३६ हजार ६६१ मा अन्तिम कारोबार भएको छ ।सन् २०२१ को नोभेम्बरमा नै ६७ हजार ६०१ डलर पुगेको यो करेन्सिको भ्यालु त्यसपछिको एक वर्षमा घटेर १६ हजार डलरसम्म आइपुगेको थियो । अंग्रेजी वर्षको सुरुवातदेखिनै विट्क्वाइनले पुनः उकालो यात्रा तय गर्दै आएको छ ।
हालको मूल्य १८ महिना यताको नै उच्च हो । हाल ३६ हजारमा कारोबार भएको यो करेन्सिले अवको प्रतिरोध ४३ हजार आसपास लिन सक्ने पनि क्रिप्टोमार्केट्मा चर्चा चलेको छ । विश्वबजारमा क्रिप्टोकरेन्सिको बजार पूँजीकरण ७१९ अर्ब डलर पुगेको छ ।
योसँगै विश्वजारम क्रिप्टोकरेन्सिको भविश्य के होला भनेर अनेक आकलन भइरहेका छन् । यसरी विट्क्वाइनको मूल्य बढ्नुको मूख्य कारण भने अमेरिकी अर्थतन्त्र कम्जोर बन्दै जानु रहेको बताइएको छ । यसका अतिरिक्त अन्तरराष्ट्रिय जगतमा युद्ध हुनु र त्यसयता यसको माग बढ्नु नै क्रिप्टोको मूल्य बढ्नुको एक प्रमुख कारण रहेको विश्लेषण गरिएको छ ।
यो सँगसँगै वित्तीय वर्ष सन् २०२४ क्रिप्टोकरेन्सिको वर्ष हुने पनि विश्वबाजरमा चर्चा चलिरहेको छ । प्राविधिक विश्लेषकहरुले विट्क्वाइनमा बुलिस डाइभर्जेन्स बनेको बताइ रहेकाले विट्क्वाइनको मूल्य बढेको हो । यसका साथै वित्त वर्ष २०२४ मा विट्क्वाइनको भ्यालु बढेर १ लाख डलरसम्म पुग्ने व्यापारिक पत्रिका फोब्र्सले समाचार छापेको छ ।
अन्तरराष्ट्रिय बजारमा नै केही संस्थागत र कर्पोरेट लगानीकर्ताहरुले भने विट्क्वाइनमा लगानी गर्ने लगानीकर्ताहरु बुल ट्रयापमा पर्न सक्ने चेतावनी पनि दिएका छन् । विश्वबजारमा नै स्ट्यान्डर्ड चार्टर्ड बैंक समूहले विट्क्वाइनको मूल्य पुन : ५ हजार डलरसम्म आउन सक्ने पनि आकलन गरेको छ ।
किनकि विश्व भरका धेरैजसो मुलुकहरुले मौद्रिक नीतिमा कडाइ गरेकाले विट्क्वाइनको मूल्यमा तीब्र गिरावट आउने देखिन्छ । यस्तो वियरिस सेन्टिमेन्ट राख्नेमा डिजिटल एसेस्टका अध्ययनकर्ता र ग्लोबल लगानी व्यवस्थापकहरु पनि रहेका छन् ।- एजेन्सिहरुको सहयोगमा
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago