काठमाण्डौ । भनिन्छ–‘भाग्य कहिले बदलिन्छ भन्न सकिँदैन।’ यो उखान कम्पनीका मालिकहरुमा पूर्ण रुपमा फिट हुन्छ। 

एउटा इन्भेस्टमेन्ट बैंकका संस्थापकहरु कम्पनीको सेयरमूल्यमा आएको उछालले रातारात अर्बपति बने। तर, यो वृद्धि धेरै समय टिक्न सकेन र तीन दिनपछि उनीहरु पहिलेकै स्थितिमा पुगे। 

ब्लुमबर्गको रिपोर्टका अनुसार यो डरलाग्दो घटना हङकङको म्याजिक एम्पायर ग्लोबल लिमिटेडका संस्थापकहरुसँग भएको हो। यो कम्पनीले अन्डरराइटिङ र एड्भाइजरी सेवाहरु प्रदान गर्दछ। कम्पनीले आईपीओ ल्याएको र शुक्रबार कम्पनीको सेयर अमेरिकी सेयर बजारमा सूचीकृत भएको थियो। सोमबार सेयरको मूल्यले यस्तो तीव्र गति लियो कि कम्पनीका संस्थापक दुवै एकै झट्कामा अर्बपति बने।

सेयर बजारलाई जोखिमपूर्ण व्यवसाय मानिन्छ। यो यहाँ पूर्ण रुपमा फिट हुन्छ। सेयर सूचीकरणपछि कम्पनीको सेयर सूचीकरण मूल्यको तुलनामा ६१४९ प्रतिशतले बढ्दा संस्थापकहरु रातारात अर्बपति बने। सेयरको यो वृद्धिका कारण कम्पनीको बजारपुँजी पनि ५ अर्ब डलर पुगेको छ। कुनै पनि कम्पनीमा यस्तो हुँदा मनाउनु सामान्य हो। त्यसैले यस कम्पनीका ठूला सरोकारवाला पनि त्यही तयारीमा थिए। तर अर्बपति बन्ने उत्सव पूरा हुनुअघि नै उनलाई ठूलो झट्का लागेको छ।

वास्तवमा सेयरमूल्यमा भएको वृद्धिका कारण म्याजिक एम्पायर कम्पनीमा लगभग ६३ प्रतिशत स्वामित्व राख्ने संस्थापक गिल्बर्ट चान र जोन्सन चानको सेयरको मूल्य क्रमशः १.८ अर्ब डलर र १.३ अर्ब डलर भयो। मंगलबार कम्पनीको सेयरमूल्य ८९ प्रतिशतले घटेको थियो। जसका कारण दुवै फेरि त्यही ठाउँमा पुगे जहाँबाट उनीहरुले अर्बपति बन्ने यात्रा सुरु गरेका थिए।

सेयरको मूल्यमा गिरावट आएपछि गिल्बर्ट चानको सेयरको मूल्य घटेर करिब ९ करोडमा पुगेको छ भने जोन्सनको सेयरको मूल्य ६.५ करोड डलर कायम भएको छ। यसरी गिल्बर्ट र जोन्सन तीन दिनमात्रै अर्बपति बनेका थिए। 

गत वर्षको अन्त्यमा म्याजिक एम्पायरमा नौजनामात्रै कर्मचारी कार्यरत थिए। सन् २०२१ मा कम्पनीको आम्दानी १७ प्रतिशतले घटेर २२ लाख डलरमा झरेको थियो। यो कम्पनी २०१६ मा सुरु भएको थियो। –एजेन्सी