काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निकै फराकिलो मतान्तरसहित जित हासिल गर्ने देखिएको छ । 

फ्याक्ट्स नेपाल नामक निजी संस्थाले आइतबार मत हालिसकेकाहरुसँग गरेको कुराकानीमा आधारित रही तयार गरेको एक्जिट पोलको नतिजाले यस्तो देखाएको हो । 

जसअनुसार रवि लामिछानेले चितवन २ निर्वाचन क्षेत्रमा सम्भावित निकटतम प्रतिदन्दीभन्दा दोब्बर बढी मतले जित्नेछन् । 

एक्जिट पोलको नतिजाअनुसार रवि लामिछानेको पक्षमा ५३ प्रतिशत मतदाता देखिएका छन् । 

यस्तै, सो क्षेत्रमा कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठ २१ प्रतिशत र एमालेका कृष्णभक्त पोखरेललाई १४ प्रतिशत मतदाताको समर्थन देखिएको छ । 

यसरी हेर्दा रवि लामिछानेले सो क्षेत्रमा सबै दलका सबै उम्मेद्वारको कुल मतभन्दा पनि अत्यधिक मत ल्याई शानदार जित हासिल गर्नसक्ने सम्भावना देखिएको छ ।