काठमाण्डौ । नेपालका लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्स प्रालिले एक्स्कर्सको हेभिइक्युपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीजीम्याक्स थ्रीई ब्याक्होलोडरको बिक्री खुला गरेको छ। 

नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाइन अरुभन्दा फरक रहेको कम्पनीले दाबी गरेको छ। अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा विशेष ध्यान दिएको कम्पनीको भनाइ छ। 

डीजीम्याक्स थ्रीई ब्याक्होलोडरमा अगाडि रहेको बोनेट हुडलाई इटालियन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ। रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ सिस्टममा पावरफुल तथा ठूलो साइजका लिड लाइटहरु प्रयोग गरिएको छ। अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेन्टिलेसन सिस्ट्म जडान गरिएको छ। अगाडि र पछाडि दुवैतिर क्याबिनको झ्याल खोल्न सकिनेछ। जसले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ। 

स्टेरिङ चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छाअनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ दिइएको कम्पनीले जनाएको छ। सहजै मेसिन सञ्चालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ। यो मेसिन बजारमा उपलब्ध मेसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेन्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए। 

डीजीम्याक्स थ्रीई चौथो जेनेरेसन फिचर्समा आधारित छ। इक्युपमेन्ट मोनिटरिङ सिस्टम जडान भएको हुँदा अपरेटरले मसिन सञ्चालनका क्रममा मेसिनका बारेमा सम्पूर्ण जानकारी पाउनेछन्। मेसिनको अपरेसन खर्च कम लाग्ने भएकाले ब्याक्होलोडर सेगमेन्टमा एक्स्कर्सको राम्रो मार्केट सेयर बढ्ने अनुमान गर्न सकिन्छ।

नेपालमा एक्सकर्सको झन्डै ११०० युनिटभन्दा पनि बढी मेसिनहरु छन्। आइएमई अटोमोटिम्स प्रालिले देशभरका १२ वटै शाखाअन्तर्गत २०१४ देखि एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर र हाइड्रा क्रेनहरु बिक्रीवितरण गर्दै आएको छ।  क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्रान्ड रहेको र ग्राहकको रोजाइअनुसार मेसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन्।