काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

बैंकले गत असार १४ गते सम्पन्न आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्कासनको अजेन्डा अनुमोदन गरेको थियो। बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्कासनको अजेन्डा पारित गरेको थियो। 

यो हकप्रद रु. १०० अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको हुनेछ। जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ। 

त्यसो त यो बैंकको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पनि गरिसकेको छ। जसमा १२ प्रतिशत बोनस सेयर र बाँकी ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश आगामी १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि बैंकले कार्यान्वयनमा ल्याउनेछ।