excel development bank limited
काठमाण्डौ । विर्तामोडमा मुख्य कार्यालय रहेको एक्सल डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म १५ करोड ६६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १५ करोड ४ लाखमा सीमित थियो।
समीक्षा अवधिमा बैंकको संचालन मुनाफा भनेको घटेको छ । अघिल्लो वर्ष २३ करोड ३४ लाख रहेको यस्तो मुनाफा घटेर २१ करोड २७ लाखमा सीमित बन्न पुगेको हो ।
यो अवधिमा बैंकको खूद ब्याज आम्दानीमा सामान्य प्रगति भएको छ । अघिल्लो वर्ष ३१ करोड ४५ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ३३ करोड ८८ लाखको उचाईमा पुगेको छ ।
बैंकले ५ अर्ब २३ करोड निक्षेप संकलन गरी ४ अर्ब २९ करोड बढीको कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ६२ करोड निक्षेप संकलन गरी ३ अर्ब ८२ करोड बढी कर्जा परिचालन गरेको थियो ।
अघिल्लो वर्ष यही अवधिसम्म १२ करोडमा सीमित रिजर्बकोषको आकार १२३.२२ प्रतिशतले बढाई २६ करोड ८३ लाखको उचाईमा पुर्याएको यो बैंकले १.०२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.६२ प्रतिशतमा झार्ने सफलता समेत पाएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर २२.६१ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १३८.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.४२ गुणा कायम भएको छ।
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago