काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४.९८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले सञ्चालन मुनाफा ६ करोड ९७ लाख रुपैयाँ गरेको छ । गत वर्ष सञ्चालन मुनाफा ५ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी ११ करोड ३२ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ५ लाख रुपैयाँ थियो । यसले बैंकका व्यावासयिक विस्तार आक्रामक देखाउँछ ।

समीक्षा अवधिमा बैंकले ७ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा २० करोड ९७ लाख रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भको आकार २० करोड २८ लाख रुपैयाँ रहेको थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २८.१९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५७.६२ रुपैयाँ रहेको छ । संस्थाको पीई रेसियो भने १०.१५ प्रतिशत रहेको छ।