काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको छ। 

बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ आउँदो असोज १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्। 

नेपाल धितोपत्र बोर्डले गत साउन ३१ गते एक्सेल डेभलपमेन्ट बैंकलाई १०ः३ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको थियो। बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको ३० प्रतिशत अर्थात कुल २४ करोड ३३ लाख बढीको हकप्रद निष्कासन गर्नेछ। 

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।