काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। 

बैंकले गत भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा हकप्रद सेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा हुने व्यवस्था भएकोले हालसम्म पनि सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गरी आफ्नो हकप्रद सेयर डिम्याट खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

गत भदौ ३१ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकप्रद सेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको स्वीकृतिपत्र प्राप्त भएपश्चात मात्र डिम्याट खातामा जम्मा हुने बैंकले जनाएको छ।

बैंकले आफ्ना सेयरधनीहरुको १०ः३ अर्थात ३० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। उक्त हकप्रद सेयर सीडीएससी र नेप्सेमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ।