काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ।

बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटलले आज एक सूचना जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंकको गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको जानकारी गराएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था पनि गरिसकिएको क्यापिटलले जनाएको छ। 

बैंकको घोषित लाभांश गत असोज १६ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभा अनुमोदन गरेको थियो। गत भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको सूचनामा उल्लेख छ।

उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुका हकमा क्रमशः बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको पनि क्यापिटलले जनाएको छ।