काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी “एक्सेल समृद्घि बचत खाता” सञ्चालनमा ल्याएको छ। 

यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिनेछ। न्यूनतम रु २ हजारमा खाता खोल्न सकिनेछ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ। 

यो बचत खाता सबै उमेर समूहका नेपाली नागरिकहरुले खोल्न सक्ने बैंकले जनाएको छ। 

“तपाइँको स्थानीय साझेदार” को नारा लिएको यो बैंकले स्थानीयस्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ सुविधासमेत उपलब्ध गराउने छ। जसअन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटीएम कार्ड, चेकबुक, अन्य बैंकका एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ।

हाल बैंकले वैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र वार्षिक १३.०५ प्रतिशत ब्याज प्राप्त हुने रेमिट मुद्दति खातासमेत सञ्चालन गरिरहेको छ। यसका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दति निक्षेपहरु पनि सञ्चालनमा रहेका छन्।

झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको बैंकले ४४ वटा शाखामार्फत स्थानीयस्तरमा बैंकिङ सेवा प्रदान गर्र्दै आएको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ, क्यूआर कोड पेमेन्ट, आरटीजीए, कर्पोरेट पेजस्ता सुविधासमेत बैंकले उपलब्ध गराउँदै आएको छ। 

यसका साथै १ नं. प्रदेशभरि सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजीसमेत पुर्याई नेपाल राष्ट्र बैंकमा आवेदन गरिसकेको छ।