काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले समीक्षा अवधिमा २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १९.६२ प्रतिशतले बढेको छ।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले यस्तो मुनाफा २ करोड ६१ लाख रुपैयाँमा सीमित थियो। यस्तो मुनाफा पनि ९७.३१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंकले १५ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ करोड ३१ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ३७.४१ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा बैंकले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी १ अर्ब २४ करोड रहेको बैंकको रिजर्भको आकार सामान्य बढेर ४० करोड २९ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष रिजर्भमा ३५ करोड ५ लाख रुपैयाँ थियो।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर ४.४८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ३.८९ प्रतिशत थियो। सीडी रेसियो ८४.२४ प्रतिशत रहेको बैंकको आधारदर ११.९६ प्रतिशत छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७.०१ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस ८.०६ रुपैयाँ थियो। पीई रेसियो ४४.२२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३२.८९ रुपैयाँ रहेको छ।
2 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago