काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफा ९ करोड ७५ लाख ६६ हजार ८२५.९८ रुपैयाँ तथा सेयर प्रिमियमबाट ४८ लाख ९० हजार ५९१.८८ रुपैयाँ खर्च हुने गरी हाल कायम चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५४६.९७ रुपैयाँबराबरको बोनस सेयर र ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ।