काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चुक्तापुँजीको ३० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आज साउन ३१ गते एक्सेल डेभलपमेन्ट बैंकलाई १०ः३ अर्थात ३० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो। बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब बैंकले कुल २४ करोड ३३ लाख रुपैयाँ बढीको हकप्रद निष्कासन गर्नेछ। बैंकले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७ रुपैयाँको हकप्रद जारी गर्नेछ। 

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।