काठमाण्डौ । अधिकांश मानिसहरुको दिनको सुरुवात चियाको चुस्कीबाट हुन्छ । कतिपय मानिसहरुमा यस्तो आदत हुन्छ, जसले कुनै बिहान चिया पिएनन् भने दिनभर नै उर्जा हराएजस्तो अनुभव गर्छन्, आलस्य देखिन्छन । 

चियाप्रेमीहरुले बजारमा कैयन खाल र विभिन्न मूल्यका चियापत्ती देख्नुभएकै होला । तर, के तपाईले यस्तो चियापत्ती देख्नुभएको छ, जसको एक केजीको मूल्य करिब १६ करोड नेपाली रुपैयाँ पर्छ । 

कुन र कस्तो होला त यति महंगो चियापत्ती ? कुनै शानदार बंगला वा महंगो गाडी खरीद गर्न पुग्ने मूल्य तिर्नुपर्ने चियाको विशेषता विशेष भएरै यत्ति महंगो मूल्य पर्ने अवस्था बनेको हो । 

एजेन्सीहरुका अनुसार विश्वकै सबैभन्दा महंगो यस्तो चियापत्ती चीनमा पाइन्छ । यसको नाम डा होङ पाओ टि हो । यो चियापत्ती चीनको फुजियानको वुइसन क्षेत्रमा मात्र पाइन्छ । यसबाहेक विश्वका कुनै पनि क्षेत्रमा यस्तो चियापत्ती पाइन्न । यसको मूल्यको कुरा गर्ने हो भने एक केजीकै नेपाली रुपैयाँ करिब १६ करोड पर्न जान्छ । 

रिपोर्टमा बताइएअनुसार चीनमा यो चियापत्तीको अब ६ वटा प्लान्ट मात्र जोगिएको छ । यसबाट पनि वर्षभरमा निकै कम चियापत्ती उत्पादन हुन्छ । किनभने यो चियाको पत्ती निकै कम हुन्छ । यसकारण यसको ओरिजिनल पत्ती निकै महंगो हुन्छ । कैयौं स्थानमा यो चियापत्तीको १० ग्राम खरीद गर्नका लागि मानिसहरुले नेपाली रुपैयाँ ४० लाख सम्म तिरेका छन् । 

केवल एउटा खास रुखबाट यसको पत्ती चुनिन्छ । आम चियापत्तीको जस्तो यसको खेत गर्न सकिन्न । चीनले यस्तो पत्तीको व्यापार गरेर पनि निकै कमाइरहेको छ । 

चीनमा पाइने यस्तो चियाको पत्तीलाई स्वास्थ्यको दृष्टिकोणले विशेष मानिन्छ । भनिन्छ कि जसले यो चियापत्तीबाट बनेको चिया पिउँछ, उसलाई गम्भीर स्वास्थ्य समस्या हुँदैन भने गम्भीर समस्याबाट गुज्रिरहेकाहरुले पनि मुक्ति पाउँछन् । 
-एजेन्सी