काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को एक महिनामै १ करोड ७ लाख बढी बोनस सेयर धितोपत्र दोस्रो बजारमा थपिएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न १३ कम्पनीका कुल १ करोड ७ लाख १९ हजार ७५.९६ कित्ता बोनस सेयर दर्ता भएका हुन्। तीमध्ये कतिपय कम्पनीका बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेका छन् भने कतिपयको सूचीकृत हुन बाँकी छ। 

सेबोनमा ८ वटा लघुवित्त, २ वटा निर्जीवन बीमा र एउटा/एउटा वित्त, जलविद्युत र अन्य समूहका बोनस सेयर दर्ता भएका हुन्। यी कम्पनीका कुल १ अर्ब ७ करोड १९ लाख ७ हजार ५९५.५० रुपैयाँबराबरको बोनस सेयर दर्ता भएका छन्। 

हालसम्म यसरी बोनस सेयर दर्ता भएकामध्ये सबैभन्दा बढी राधी जलविद्युतको रहेको छ। यो कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ३६.५ प्रतिशत बोनस सेयर वितरण गरेको छ। 

त्यसै फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस सेयर रहेको छ। 

दर्ता भएकोमध्ये सबैभन्दा कम बोनस सेयर लुम्बिनी जनरल इन्स्योरेन्सको रहेको छ। यो कम्पनी ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।