काठमाण्डौ । कुनै पनि कम्पनी वा उद्योगधन्दा एक्लो प्रयासमात्र चलाउन सम्भव हुँदैन। मालिक र कर्मचारीबीच सुमधुर सम्बन्ध भएमात्र त्यस्ता कम्पनी वा उद्योग सफल हुन्छन्।

यस्तै एउटा कम्पनी हो टाटा, जुन विश्वर आफ्नो ब्रान्डका लागि लोकप्रिय बनेको छ। कारण, यो कम्पनीका तत्कालीन अध्यक्ष रतन टाटा र कर्मचारीबीचको राम्रो सम्बन्ध।  

रतन टाटा आफ्ना कर्मचारीहरुको निकै पर्वाह गर्छन्। यो कुरा पुष्टि फेरि एकपटक उनले गरेका छन्। विगत दुई वर्षदेखि बिरामी परिरहेका एक पूर्वकर्मचारीलाई भेट्न उनी स्वयं उनको घर पुगे। त्यहाँ उनले ती कर्मचारीको पूरे परिवारको खर्च र बालबच्चाको पढाइको जिम्मा लिने वचन दिए। 

टाटा समूहका पूर्वअध्यक्ष तथा दिग्गज उद्योगपति रतन टाटाका यस्ता अन्य उपकारी कदमहरु छन्, जसले उनी आफ्ना कर्मचारीको कतिसम्म महत्व दिन्छन् भन्ने पुष्टि गर्छ। यस्तै मन छुने केही घटनाका बारेमा यहाँ चर्चा गर्दैछौँ। 

कर्मचारीको नाममा राखिदिए कारको नाम

टाटाको लोकप्रिय कार टाटा सुमोको नाम राख्नुको पछाडि निकै घतलाग्दो घटना छ। रतन टाटाने यो कारको नाम आफ्ना पूर्वएमडी सुमन्त मुलगावकरको नाममा राखेका थिए। उनको नामको पहिलो र दोस्रो अक्षर प्रयोग गरेर गाडीको नाम सुमो राखेका थिए। यो नाम टाटा कम्पनीका लागि निकै भाग्यमानी साबित भयो। किनकि टाटा सुमो कार निकै बिक्री भएको थियो। यसले रतन टाटाको सम्बन्ध कर्मचारीहरुसँग कति राम्रो छ भन्ने एउटा नौलो उदाहरण नै बन्यो। 

कर्मचारीलाई दिइयो ‘बेस्ट फेल्ड आइडिया अवार्ड’

रतन टाटा र कर्मचारीहरुबीचको सम्बन्धका बारेमा एउटा अर्को घटना निकै लोकप्रिय बनेको थियो। यो त्यति बेलाको कुरा हो जब टाटा मोटर्सको बिजनेसमा मन्दी छाएको थियो। नयाँ सोच र परिकल्पनालाई लिएर कर्मचारीहरुले पनि जोश कम देखाइरहेका थिए। यही बेटा रतन टाटाले एउटा अनौठो उपाय निकाले। उनले कम्पनीमा बेस्ट फेल्ड आइडियालाई लिएर अवार्ड दिने कार्यक्रम नै सुरु गरे। यो अवार्ड वर्षमा एकपटक यस्ता कर्मचारीलाई दिइन्थ्यो, जसको आइडिया असफल हुन्थ्यो। यो अवार्डको मुख्य उद्देश्य भनेको कर्मचारीमा नयाँ सोच र परिकल्पना गर्न हुने समस्याको अन्त्य गर्नु थियो। उनको चाह थियो कि यो अवार्डले त्यस्ता कर्मचारीलाई अरुसँग मिलेर थप नयाँनयाँ परिकल्पना गर्न जागरुक गराउनु।

२६/११ हमलाबाट प्रभावित कर्मचारीलाई मद्दत

सन् २००८ को नोभेम्बर २६ मा मुम्बईमा आतंककारी हमला भयो तब टाटा समूहका केही कर्मचारीहरु प्रभावित भए। त्यतिबेला रतन टाटा स्वयं त्यस्ता कर्मचारीहरुलाई भेट्न उनीहरुको घर जान्थे अनि हरसम्भव मद्दत गर्थे। उनीहरुलाई चाहिने आर्थिक सहायता गर्न उनी वचन दिन्थे र पूरा पनि गर्थे। – एजेन्सी