काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको छ। जसका कारण बैंकहरुको औसत सीडी रेसियो पनि सहज बन्द गएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक साता (पुस १७ गतेदेखि पुस २३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५९ अर्ब रुपैयाँले बढेको छ। गत पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २३ गतेसम्म ४८ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरुको निक्षेप पनि यो अवधिमा ५९ अर्ब रुपैयाँले नै बढेको छ। गत पुस १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेकोमा बढेर पुस २३ गतेसम्म ४३ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ८ अर्ब रुपैयाँले मात्र बढेको छ। योसँगै पुस २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो।
वाणिज्य बैंकहरुको पनि यो सातामा कर्जा लगानी ८ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत पुस १६ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा पुस २३ गतेसम्म बढेर ४१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेपमा सुधार आएसँगै बैंकहरुको औसत सीडी रेसियोमा ९० प्रतिशत मुनि झरेको छ। गत पुस १६ गतेसम्म औसत सीडी रेसियो ९०.७६ प्रतिशत रहेकोमा पुस २३ गतेसम्म घटेर ८९.२९ प्रतिशतमा झरेको छ। अन्तरबैंक ब्याजदर ४.९७ प्रतिशतबाट घटेर ३.२४ प्रतिशतमा ओर्लेको छ।
27 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago