काठमाण्डौ । भारतमा यही डिसेम्बर ५ बाट सुनको एटीएम सुरु भएको छ।
गोल्डसिक्काले हैदराबादस्थित फर्म ओपनक्यूब टेक्नोलोजीको सहयोगमा त्यहाँ रियल टाइम गोल्ड एटीएम स्थापना गरेको हो। मानिसहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर उक्त एटीएमबाट शुद्ध सुनको सिक्का निकाल्न सक्छन्।
गोल्डसिक्काका प्रमुख कार्यकारी अधिकृत सी. तरुजका अनुसार उक्त एटीएमबाट सर्वसाधारणले ०.५ ग्रामदेखि १०० ग्रामसम्मको सुनको सिक्का किन्न सक्नेछन्। सर्वसाधारणले एटीएम स्क्रिनमा सिक्का मूल्यहरु प्रत्यक्ष देख्न सक्नेछन्।
सिक्का ९९९ शुद्धता भएको प्रमाणित टेम्पर प्रुफ प्याकमा डेलिभर गरिनेछ।
यसअघि गोल्ड एटीएम दुबईमा १२ वर्षपहिले अर्थात सन् २०१० मा सुरु भएको थियो। दुबईमा धेरै ठाउँमा सुनको एटीएम जडान गरिएका छन्।
सन् २०१० मा विश्वको पहिलो सुनको एटीएम अबुधाबीको एमिरेट्स प्यालेस होटलको लबीमा खोलिएको थियो। उक्त एटीएममा मानिसले सुनको सिक्का निकाल्न सक्नेछन्। आज दुबईमा यस्ता धेरै एटीएम छन्, जहाँबाट सुनको बार अर्थात् सुनको बिस्कुट र सुनको सिक्का पनि निकाल्न सकिन्छ।
उक्त एटीएम मेसिनमा सुनको मोटो तहले ढाकिएको छ र त्यहाँ ग्राहकले २४ क्यारेट सुनको सिक्का र सुनको बिस्कुटका धेरै विकल्प पाउँछन्। दुबईसँगै जर्मनी र अमेरिकामा पनि धेरै वर्षअघि सुनको एटीएम जडान गरिएको थियो।
दुबईजस्तै अब भारतका जनताले पनि आगामी दिनमा एटीएमबाट सुन किन्न सक्नेछन्। अहिले गोल्डसिक्काले हैदरावादमा रियल टाइम गोल्ड एटीएम स्थापना गरेर यो सुरु गरेको छ।
गोल्डसिक्काका सीईओ सी. तरुजका अनुसार कम्पनीले पेड्डापल्ली, वारंगल र करिमनगरमा पनि सुनको एटीएम खोल्ने तयारी गरिरहेको छ। ‘कम्पनीले आगामी दुई वर्षभित्र भारतभर करिब ३ हजार सुनको एटीएम खोल्ने योजना बनाएको छ’, उनले भने।
मानिसहरुले रियल टाइम गोल्ड एटीएमबाट सुनको सिक्का निकाल्न आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोग गर्न सक्छन्। यस एटीएमबाट चौबीसै घन्टा सुन किन्ने सुविधा सर्वसाधारणले पाउनेछन्। यस एटीएमका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्।
मानिसहरुले यो एटीएमलाई धेरै मन पराइरहेका छन्। –एजेन्सी
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago