काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ''एनआईबिएल सहभागिता फण्ड'' नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनःलगानी योजनामा सहभागी हुन आह्वान गरिएको छ । 
 
एनआइबिएल एस क्यापिटलले एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो ।  
 
इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्क कट्टीपछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ । साथै चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने मितिका दिनसम्म लाभांश पुनः लगानी योजनाअन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरुका लागि मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने क्यापिटलले प्रष्ट पारेको छ । 
 
लाभांश पुनः लगानी योजना मादर्ता गर्ने प्रक्रिया यस्तो छ:
१) एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु तथातोकिएकावितरकहरु मार्फतफाराम भरी योग्यइकाईधनीहरुले आफ्नो नामदर्ता गराउन सक्नुहुनेछ ।
 
२)योग्यइकाईधनीहरुले अनलाईन लिंक(Online Link) https://mutualfund.niblcapital.com/ मा गई लाभांश पुनः लगानी योजना दर्ता फाराममार्फत आफ्नो सम्पूर्ण विवरण भरी नाम दर्ता गराउन सक्नुहुनेछ ।
 
३) आफ्नो हितग्राहि खातामा रहेको ईमेल ठेगानामार्फत निम्न बमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्नुहुनेछ ।
 
ईमेलमा उल्लेख गर्नुपर्ने विवरण
ईमेल विषयः लाभांश पुन: लगानी योजना
ईमेल ठेगानाःdrep.mutualfund@niblcapital.comइकाईधनीको पुरा नामः
इकाईधनीको हितग्राहीखाता नः
इकाईधनीको सम्पर्क नम्बरः