काठमाण्डौ । मर्चेण्ट बैंकहरुको भीडमा ‘एक नेपाली एक डिम्याट खाता’को नारा बोकेर सेवा दिइरहेको एनआइसी एशिया क्यापिटलले पोर्टफोलियो व्यवस्थापन(पीएमएस)को नयाँ स्किम हालै सार्वजनिक गरेको छ । वार्षिक ९ प्रतिशत रिटर्नको ग्यारेण्टी प्रदान गर्ने यो स्किम संभवत बजारमा उपलब्ध यस्ता स्किममध्ये बढी र ग्यारेण्टी रिटर्न पाइने उपयुक्त प्रडक्ट हो । 

सेयर बजारको अत्यासलाग्दो गिरावट र मुद्धती बचतमा ब्याजदर कटौती भइरहेको सन्दर्भमा प्रतिफल सुुनिश्चित गरिएको यो स्किम गत असार ११ गते लञ्च भएको हो ।

एनआइसी एसिया बैंकको सहायक कम्पनीका रुपमा रहेको एनआइसी एशिया क्यापिटलले भर्खरै ल्याएको इन्कम ग्यारेन्टेड फण्ड(पोर्टफोलियो व्यवस्थापन सेवा)का विषयमा क्यापिटलका सीइओ रमन रायमाझीले वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजदर घट्दै जानुुु र सेयर बजार समेत अन्यौलपूूर्ण भएको अवस्थामा लगानीकर्ताहरुलाई निश्चित प्रतिफल दिइने अभिप्रायले यो स्किम ल्याइएको प्रष्ट्याए । 

उनले भने–‘सेयर बजारमा धेरै उत्तारचढाव हुुन्छ । यसैलाई मध्यनजर गर्दै असार ११ गतेबाट कम जोखिममा निश्चित प्रतिफल दिइने अभिप्रायले यो स्किम ल्याएका छौं ।’

कम जोखिममा निश्चित प्रतिफल दिइने स्किम भएकोले यसमा गृहिणी, रिटायर्ड कर्मचारीदेखि सबै पेशा तथा व्यवसायमा रहनेहरुका लागि समेत यो सेवा उपयुक्त हुनसक्छ । 

यो स्किमको समयावधि एक वर्षको हुने रायमाझीको भनाई छ । ‘इच्छुकले ६ महिना देखि १ वर्षको अवधिको यो स्किममा हामी लगानीकर्ताको इच्छाअनुुसार त्रैमासिक वा एकमुुष्ट प्रतिफल(९ प्रतिशत) प्रदान गर्दछौं । समयानुुसार प्रतिफल बढ्ने सम्भावना पनि छ तर घट्न चाहिँ बिरलै घट्ला ।’ उनले थपे ।

एनआइसी क्यापिटलको मुुख्य कार्यालय वा एनआइसी एशिया बैंकको देशभरका जुुनसुुकै शाखाबाट यो स्किममा लगानी गर्न सकिन्छ । लगानीकर्ताले न्यूूनतम १० लाखदेखि जति रकम पनि लगानी गर्न सक्नेछन् । 

यो स्किममा सहभागी हुँदा थप कुनै शुल्क लाग्दैन । सीइओ रायमाझीका अनुसार वार्षिक सम्भार शुुल्क(एएमसी) बापत पनि कुुनै रकम लगानीकर्ताबाट लिइनेछैन । 

‘यो स्किममा सहभागिता जनाउन लगानीकर्ताले पीएमएस खाता, डिम्याट खाता र बैंक खाता खोल्नुुपर्छ, जुुन हामीले निःशुुल्क गरेका छौं ।’रायमाझीले थपे ।