काठमाण्डौ । पाँचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ । 

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो । 

प्रतियोगितामा २४ कर्पोरेट हाउस सहभागी थिए । हुने छन् । २४ टिमलाई ८ समूहमा विभाजन गरी समूहको उत्कृष्ट दुई टिम दुई क्वाटर फाइनलमा प्रवेश गराई खेल अगाडि बढाइएको थियो । 

प्रतियोगिताको आयोजक एसएस इभेन्ट्स प्रालि रहेको थियो ।