काठमाण्डौ । देशकै ठूलो शाखा सञ्जाल भएको र वित्तीय सूचकमा समेत चमात्कारिक प्रगति गरिरहेको एनआइसी एशिया बैंक लिमीटेडले आफ्नो डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी अंग्रेजी नयाँ वर्षको अवसरमा आकर्षक क्यासब्याकको अफर सार्वजनिक गरेको छ । 

बैंकले नयाँ वर्ष २०२० को अवसरमा भिजा कार्डमार्फत खरीदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १५०० सम्मको क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको हो । 

यो अफर २०१९ डिसेम्बर ३१ गतेदेखि नै लागू भइसकेको बैंकले जनाएको छ । अफर आगामी फेब्रुअरी २५ सम्म रहने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यो अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिट कार्डबाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम रु. ५०० तथा सो भन्दा बढीको खरिद गर्नुपर्नेछ । यस्तै योजना अवधिमा कम्तीमा ५ पटकसम्म कारोवार गरिएको हुनुपर्नेछ । यस योजनाले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

हाल यो बैंकको देशभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । 

बैंकबाट करिब २० लाख ग्राहकहरुले सेवा लिइरहेका छन् ।