काठमाण्डौ । एनआइसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत इनकम ग्यारेण्टेड फण्ड नामको नयाँ योजना संचालनमा ल्याएको छ । 

यो योजनाअन्तर्गत लगानीकर्ताहरुले निश्चित प्रतिफल प्राप्त गर्नेछन् ।

हालको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले बचत खाता तथा मुद्धती निक्षेप खातामा दिने ब्याजदर घटाइरहेको अवस्थामा लगानीकर्ताहरुले यस योजनामा सहभागी हुँदा उचित प्रतिफल लिन सक्ने बताइएको छ । 

विशेष गरी, अवकाशप्राप्त व्यक्ति, गृहिणी, नियमित आय आवश्यक पर्ने व्यक्तिहरु तथा जोखिम लिन नचाहने लगानीकर्ताहरुलाई मध्यनजर गर्दै यो योजना संचालनमा ल्याइएको क्यापिटलले जनाएको छ । 

यो योजना असार ११ गतेदेखि सीमित अवधिका लागि मात्र लागू हुने समेत क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।