काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले मंसिर २१ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकको कात्तिक २६ गते बिहान बसेको संचालक समितिको ४६२ औं बैठकले तेइसौं वार्षिक साधारणसभा मंसिर २१ गते बिहान ९ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयमा आह्वान गर्ने निर्णय गरेको हो। 

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावि लाभांश पाउन र साधारणसभा सहभागी बन्नका लागि मंसिर ९ गतेभित्र सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ । 

एनआइसी एशिया बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ।