Nic Asia Capital
काठमाण्डौ । एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटल लिमीटेडले आगामी भदौ २२ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।
यो कम्पनीले १ बराबर १(सतप्रतिशत) हकप्रद लगायतका प्रस्ताव पारित गर्ने उद्देश्यले पहिलो वार्षिक साधारणसभा आह्वान गरेको हो ।
एनआइसी एशिया क्यापिटलले संचालक समितिको प्रस्ताव अनुसार २.१० प्रतिशत नगद लाभांश(करसहित) स्वीकृत गर्ने एजेण्डा समेत साधारणसभामा राख्नेछ । थापाथलीस्थित एनआइसी एशियाको रजिष्टर्ड कार्यालयमा वार्षिक साधारणसभा हुने प्रकाशित सूचनामा उल्लेख छ ।
साउन २७ गते बसेको ३७ औं संचालक समितिले वार्षिक साधारणसभा भदौ २२ गते गर्ने निर्णय गरेको हो ।
साधारणसभामा २०७३/७४ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल, घोषित लाभांश पारित, २०७४ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब लगायतका बित्तीय विवरणहरु छफल गरी पारित, नयाँ आर्थिक वर्षका लागि लेखापरीषकको नियुक्ति, संचालकहरुको बैठक भत्ता लगायतका प्रस्ताव हुनेछन् ।
(नोट : यसअघिको समाचारमा भूलवश एनआइसी एशिया बैंकको साधारणसभा भनी समाचार सम्प्रेषण हुन गएकोमा क्षमाप्रार्थी छौ । -सम्पादक)
13 minutes ago
36 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago