काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले पनि निक्षेपको ब्याजदर सिंगल डिजीटमै झारेको छ । 

वाणिज्य बैंकका सीइओहरुबीच भएको सहमति र नेपाल राष्टबैंकको निर्देशनअनुसार एनआइसी एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.३६ प्रतिशत कायम गरेको हो । 

यसअघि कात्तिक १ गतेदेखि लागू हुने हिसाबले बैंकले मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत भन्दा माथि पुर्याएको थियो । 

संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम भएको छ । 

यस्तै, ८ प्रतिशत माथि पुर्याइएको बचत खाताको ब्याजदर पनि केही घटाएर एनआइसी एशियाले ७ प्रतिशत कायम गरेको छ । बचत खाताको न्यूनतम ब्याजदर भने ५ प्रतिशत कायम गरिएको छ ।