काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट बोनस घोषणा तथा साधारणसभा आह्वानमा अन्य सबै बैंक तथा बित्तीय संस्थालाई उछिनेको एनआइसी एशिया बैंकले २० औं वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तोकेको छ । 

यो बैंकले भदौ १६ गते(भोलि)देखि ३० गतेसम्म सेयरधनी दाखिला खारेज(सेयरधनी दर्ता पुस्तिका) बन्द हुने जनाएको हो । बैंकले आगामी भदौ ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यो बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको २० प्रतिशत बोनस सेयर, कर प्रयोजनार्थ १.०५ नगद लाभांश सुरक्षित गर्न, साधारणसभामा भाग लिन, मतदान गर्न भदौ १५ गते(आज)सम्म सेयर खरीद गरिसक्नुुपर्छ । यस्तै, भदो १५ गतेसम्ममा नेप्सेमा कारोबार भई दाखिल खारेज बन्द भएको मितिले ७ कार्यदिनभित्र सेयर नामसारी भई कामय भएका सेयरधनीले मात्र माथि उल्लिखित सुविधा पाउने बैंकले प्रष्ट्याएको छ ।