काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले आज एक सूचना जारी गर्दै असोज ९ गतेबाट एनआईबिएल प्रगति फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको जानकारी गराएको हो। गत आर्थिक वर्षका लागि यो योजनाका इकाइधनीहरुलाई करसहित ४.२ प्रतिशत नगद प्रतिफलबापतको रकम जम्मा गरिएको हो। 

हालसम्म आफ्नो डिम्याट अकाउन्टमा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीहरुलाई यथाशीघ्र अद्यावधिक गर्न पनि क्यापिटलले आग्रह गरेको छ। 

त्यस्तै इकाइ धितो राखी कर्जा सुविधा उपभोग गरेका इकाइधनीहरुको प्रतिफल सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा जम्मा गरिने क्यापिटलले स्पट पारेको छ।